Tuesday, April 19, 2011

एक दर्जन एक हाइकु

१
बिर्सिने यत्न
थपिंदै गैरहेका
सम्झनाहरू!

२
अनिंदो रात
बरालिएका स्वप्न
व्यर्थ प्रतीक्षा!

३
प्रेम संयोग
चुलेसीको आँसुमा
रक्तिम छायाँ!

४
नयाँ बस्तीमा
बसाईं सर्न आ'को
पुरानो घर!

५
राजधानीले
अखबार पढाई
रजाईं गर्ने!

६
खाऊँ भनेको
बासी भातमा देखें
झिंगाको डिंगो!

७
नमस्ते सर
बेरोजगार देश
जागिर खोज्दै!

८
हाम्रो मिलन
अधुरै रहने भो
सरकार झैं

९
पहिलो गाँस
बहुमतको भास
प्रस्तराभास!

१०
क्षीर सागर
रुँदैछ काकाकूल
अतृप्त प्यास!

११
बाउको बिर्ता
जे मन लाग्छ गर
संविधानसभा

१२
जन-स्वप्नमा
दाइँ खेल्न आतुर
जननायक!

१३
ए अखबार!
दुरबिनले हेर
कर्णाली वारि!

निस्तेज
२०६८ वैशाख ०६
धनगढी

No comments:

Post a Comment