Monday, March 15, 2010

निस्तेजका हाइकुहरू

१

मिलन ऋतु

गालामा दलिए झैं


रातो अबीर!

२
शिकारी बाज
निराश्रय परेवा
प्रणय कथा!
३
तिम्रो मुस्कान

हृदयमा आभास

अकथ्य पीड़ा!

४

होली मिलन

गालाको क्यानभास

लाजको रंग !