निस्तेज
उनको घरमा के एक दिन बसाइ भयो
आज सम्म फगत जग हँसाइ भयो
भूल आफ्नै नजरले गर्यो के गरुँ
द्यौता जसलाई भन्थे कसाइ भयो
मनसुबा नै रहेछ कि पापी कसो
ओठले नै छुनु नि डसाइ भयो
के गरेन भनूँ घात उसले सखे
मेरा निम्ति चुलेसी यो जाइ भयो
प्रेम पतझड् हुँदामा पो हेला भयो
पालुवामा त खूब हाइहाइ भयो
के गर्यो आज मौसमले यस्तो असर
बैरी भाईको नै आज भाई भयो
गुञ्जन मासिक
माघ २०६१
No comments:
Post a Comment