Friday, September 24, 2010

निस्तेजको गजल

सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ
ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ

सायदै मैले सिकेन सोह्र आना जिन्दगी
के भयो पाउ मुनि गर्लम्म पैह्रो घर्कदैंछ

रात झञ्झावातको सन्त्रासको आभाषको
बात गर्थे प्रातःको लौ सूर्य रश्मि छर्कदैंछ

ले जतिलिन्छेस् परीक्षा आज तैंले जिन्दगी
‘निस्तेज’ भो पर्वत कहाँ जाबो हुरीले मर्कदैंछ

सायद समयले हेर्छ होला सत्य सम्यक दृष्टिले
पाइला कसका अघि छन् को पछाडी फर्कदैंछ

धनगढी

1 comment:

  1. name this blog, this ghajal is togetherly interesting, I have also created a blog that i have sent via email, we should discuss about it that we were talking about, some days i.e. a jaal patrika.

    ReplyDelete