Monday, February 22, 2010

गजल

मिलेन ऐनमा कतै मिलेन संविधानमा
निसाफयो गरिबको निलाम भो बजारमा

कुरा सबै ती घातका कुरा कपट र जालका
म आज याद गर्दछु बसी बसी मचानमा

कहाँ छ र भर र फूल ऐ छ लोकतंत्र तैपनी
लुकाई राख यो छुरी लगी तिमी सिरानमा

रगत चुसेर जो यहाँ जुका सरी बसे थियो
सुने अझै गनिन्छ रे उही ठुलो समाजमा

अघाई खोसी खाई उ भलाद्मी बनी रह्यो
गरेर भोकका कुरा गनिन्छु मा खराबमा

अझै पसेर ऊ सभा प्रपंच रच्न सक्तछ
नवीन लोकतंत्रको नयाँ-नयाँ बिहानमा ।


निस्तेज



No comments:

Post a Comment