आफ्नै छायाँ साढेसात भा'छ उसका लागि
ऐना भित्रैबाट घात भा'छ उसका लागि
मध्यान्ह नै मध्यरात भा'छ उसका लागि
आशामा तुषारापात भा'छ उसका लागि
नत खाए चित्त बुझ्ने नत छोड्न मिल्ने
जिन्दगानी बासी भात भा'छ उसका लागि
हरेक चोट एउटा नयाँ दर्शन दिई गा'छ
चोट आफैं 'सुकरात' भा'छ उसका लागि
झिलिमिली तारा हेर्दै अँध्यारो मै बस्नु
मौलिक हक जन्मजात भा'छ उसका लागि ।
निस्तेज
10 पुस 2067
Saturday, December 25, 2010
Friday, September 24, 2010
निस्तेजको गजल
सिद्धियो लामो खँडेरी आज साउन दर्कदैंछ
ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ
सायदै मैले सिकेन सोह्र आना जिन्दगी
के भयो पाउ मुनि गर्लम्म पैह्रो घर्कदैंछ
रात झञ्झावातको सन्त्रासको आभाषको
बात गर्थे प्रातःको लौ सूर्य रश्मि छर्कदैंछ
ले जतिलिन्छेस् परीक्षा आज तैंले जिन्दगी
‘निस्तेज’ भो पर्वत कहाँ जाबो हुरीले मर्कदैंछ
सायद समयले हेर्छ होला सत्य सम्यक दृष्टिले
पाइला कसका अघि छन् को पछाडी फर्कदैंछ
धनगढी
ज्युनुको जानी महत्ता जिन्दगानी फर्कदैंछ
सायदै मैले सिकेन सोह्र आना जिन्दगी
के भयो पाउ मुनि गर्लम्म पैह्रो घर्कदैंछ
रात झञ्झावातको सन्त्रासको आभाषको
बात गर्थे प्रातःको लौ सूर्य रश्मि छर्कदैंछ
ले जतिलिन्छेस् परीक्षा आज तैंले जिन्दगी
‘निस्तेज’ भो पर्वत कहाँ जाबो हुरीले मर्कदैंछ
सायद समयले हेर्छ होला सत्य सम्यक दृष्टिले
पाइला कसका अघि छन् को पछाडी फर्कदैंछ
धनगढी
Monday, March 15, 2010
निस्तेजका हाइकुहरू
१
मिलन ऋतु
गालामा दलिए झैं
रातो अबीर!
२
शिकारी बाज
निराश्रय परेवा
प्रणय कथा!
३
तिम्रो मुस्कान
हृदयमा आभास
अकथ्य पीड़ा!
४
होली मिलन
गालाको क्यानभास
लाजको रंग !
मिलन ऋतु
गालामा दलिए झैं
रातो अबीर!
२
शिकारी बाज
निराश्रय परेवा
प्रणय कथा!
३
तिम्रो मुस्कान
हृदयमा आभास
अकथ्य पीड़ा!
४
होली मिलन
गालाको क्यानभास
लाजको रंग !
Monday, February 22, 2010
गजल
मिलेन ऐनमा कतै मिलेन संविधानमा
निसाफयो गरिबको निलाम भो बजारमा
कुरा सबै ती घातका कुरा कपट र जालका
म आज याद गर्दछु बसी बसी मचानमा
कहाँ छ र भर र फूल ऐ छ लोकतंत्र तैपनी
लुकाई राख यो छुरी लगी तिमी सिरानमा
रगत चुसेर जो यहाँ जुका सरी बसे थियो
सुने अझै गनिन्छ रे उही ठुलो समाजमा
अघाई खोसी खाई उ भलाद्मी बनी रह्यो
गरेर भोकका कुरा गनिन्छु मा खराबमा
अझै पसेर ऊ सभा प्रपंच रच्न सक्तछ
नवीन लोकतंत्रको नयाँ-नयाँ बिहानमा ।
निस्तेज
निसाफयो गरिबको निलाम भो बजारमा
कुरा सबै ती घातका कुरा कपट र जालका
म आज याद गर्दछु बसी बसी मचानमा
कहाँ छ र भर र फूल ऐ छ लोकतंत्र तैपनी
लुकाई राख यो छुरी लगी तिमी सिरानमा
रगत चुसेर जो यहाँ जुका सरी बसे थियो
सुने अझै गनिन्छ रे उही ठुलो समाजमा
अघाई खोसी खाई उ भलाद्मी बनी रह्यो
गरेर भोकका कुरा गनिन्छु मा खराबमा
अझै पसेर ऊ सभा प्रपंच रच्न सक्तछ
नवीन लोकतंत्रको नयाँ-नयाँ बिहानमा ।
निस्तेज
Sunday, February 21, 2010
सभासाहित्य: नेपाली साहित्यको समसामयिक ब्लगपत्र निर्माणाधीन छ । यसमा यहाँहरूका रचनाहरू स्वागतयोग्य रहनेछन कृपया रचना प्रेषित गर्नुहोला।
हाम्रो ईमेल
हाम्रो ईमेल
Subscribe to:
Posts (Atom)